बैठक नै छाडेर बाहिरिए दाहाल

Puspakamal-Dahalराष्ट्रपति कार्यालय शितलनिवासमा आइतबार सर्वदलीय बैठक चलिरहेको थियो । बैठककै बीचमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने एकाएक बाहिरिए । बैठकमा महत्त्वपूर्ण विषयमा कुराकानी भइरहेका बेला दाहाल लाजिम्पाटस्थित आफ्नो निवासतर्फ लागेका थिए । त्यहाँ पुग्नासाथ उनको भेट भारतीय विदेशसचिव सुजथा सिंहसँग भयो ।
दाहाल बाहिरिएपछि शितलनिवासमा उनकै विषयलाई केहीछिन कटाक्ष चलेको बैठकमा सहभागी एक नेताले बताए । लाजिम्पाटमा करिब आधा घन्टा अध्यक्ष दाहाल र भारतीय विदेशसचिव सिंहबीच राजनीतिक दलहरूबीच जारी संवाद, घोषित संविधानसभा चुनावलगायत विषयमा छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ । दाहाल करिब ४५ मिनेटपछि पुन: शीतल निवास फर्किएका थिए । त्यसपछि सर्वदलीय छलफलले निरन्तरता पाएको थियो ।

प्रतिक्रिया