दोहोरो फारम भर्नेको छुट्ने भयो एसएलसी

slcकाठमाडौं, ३१ भदौ । तपाईंले एलएलसी परीक्षाका लागि दोहोरो रजिस्ट्रेसन फारम भर्नुभएको छ ? यदि त्यसो हो भने अब तपाईंले कुनै हालतमा पनि एलएलसी परीक्षा दिन पाउनुहुन्न । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले दोहोरो रजिस्ट्रेसन फारम भरेका विद्यार्थीले परीक्षा दिन नपाउने नयाँ नियम यस वर्षदेखि कडाइका साथ लागू गर्ने भएको छ ।
दोहोरो फारम भरेका विद्यार्थीले गत वर्ष ‘एक विद्यालय कायम गराउन पाउँm’ भनी माग गरेकालाई ‘मौका’ दिई परीक्षामा सम्मेलित गराएको पनिकाले अब नयाँ नियम लागू गर्न लागेको हो । पनिकाले परीक्षासम्बन्धी ‘माध्यमिक शिक्षा उत्र्तीण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ संशोधन गरी दोहोरो रजिस्ट्रेसन फारम भरेका विद्यार्थीले कुनै हालतमा पनि एसएलसी दिन नपाउने नियम बनाएको थियो । गत वर्ष नै दोहोरो रजिस्ट्रेसन भरेकालाई एसएलसी दिन नपाउने नियम बनाएको भए पनि ढिलाइ भएको कारण देखाउँदै यस वर्षदेखि मात्र लागू गर्ने भएको हो ।
पनिकाका उपनियन्त्रक प्रह्लाद अर्यालले यस वर्षदेखि दोहोरो फारम भरेकालाई विद्यार्थीले एसएलसी दिन नपाउने बताए । गत वर्ष नै नियम बनाइएको भए पनि लागू गर्न नसकिएका कारण अब कडाइका साथ दोहोरो रजिस्ट्रेसन भर्ने विद्यार्थीलाई परीक्षामा सामेल नगराइने उपनियन्त्रक अर्यालको भनाइ छ ।
पनिकाले ०६९ पुसमा निर्देशिका संशोधन गरी दोहोरो रजिस्ट्रेसन फारम भरेका विद्यार्थीलाई एसएसली परीक्षा दिन नपाउने नियम बनाएको थियो । त्यस बेला एसएलसीका लागि फारम भरिसकेको भएका कारण पनिकालले नयाँ नियम लागू गराउन सकेको थिएन  ।
नयाँ नियम लागू नभएका कारण गत वर्षको एसएलसीमा विद्यार्थीले कुनै एक ठाउँको रद्द गरिपाउँm भनी निवेदन दिए अर्को ठाउँबाट परीक्षा दिन पाउने र परीक्षामा सम्मिलित विद्यार्थीलाई कुनै एक विद्यालयलाई हाजिरीसहित शिक्षा कार्यालयको सिफारिस ल्याए परीक्षाफल रद्द गरिएको थिएन ।

दोहोरो फारम भर्नेको छुट्ने भयो एसएलसी अर्यालले आवेदन फारम भर्दा जे प्रावधान थियो, त्यहीअनुसार सञ्चालन गर्नुपरेकाले गत वर्ष परीक्षामा दोहोरो फारम भरे पनि मौका दिइएको उल्लेख गरे । ‘निर्देशिका संशोधन गरे पनि लागू गर्न नसकेका कारण गत वर्षको एसएलसीमा विद्यार्थीलाई कुनै एक विद्यालयले सिफारिस गरे दिने पाउने व्यवस्था गरेका थियौँ,’ उनले सौर्यसँग भने, ‘तर, यसपटकदेखि  नियम लागू गरेकाले दोहोरो फारम भर्ने विद्यार्थीले परीक्षा दिन पाउने छैनन् ।’
विद्यार्थीले कक्षा ९ मा रजिस्ट्रेसन र कक्षा १० मा आवेदन फारम भर्ने गर्छन् । कक्षा ९ मा रजिस्ट्रेसन फारम भरेका विद्यार्थीले उक्त विद्यालयबाटै एसएलसी दिनुपर्ने व्यवस्था छ । पनिकाले कर्मचारी सरुवा भएका छोराछोरीको, छात्राको विवाह भएको र बसाइँ सराइ गरेको मात्र विद्यार्थीको अर्को विद्यालय वा जिल्लाबाट एसएलसी दिन पाउने व्यवस्था गरेको छ । तर, विद्यार्थी सुविधाका लागि  दोहोरो फारम भरी निजीबाट सरकारी तथा सुगमका दुर्गमबाट एसएलसी दिने गरेका छन् ।
गत वर्षको एसएलसीमा ३ सय ४४ जनाले दोहोरो रजिस्ट्रेसन फारम भरेका थिए । तीमध्ये १ सय ४८ जनाले परीक्षा दिएकोमा ६० जना उत्र्तीण भएका थिए । तीमध्ये ६० जनाको परीक्षाफल रोकिएको छ । विद्यार्थीले अध्ययन गरेको विद्यालयबाट हाजिरीसहितको प्रमाण पेस गरी जिल्ला शिक्षा कार्यालयको सिफारिस ल्याए मार्कसिट उपलब्ध गराइने पनिकाले जनाएको छ ।

प्रतिक्रिया