हाम्रो तहबाट मूल्य बृद्धि फिर्ता हुंदैन : निगम

oilकाठमाडौं, ३० भदौ । नेपालमा आयल निगमले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन आफूहरुको तहबाट नसिने जनाएको छ ।
निगम र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच आज (आइतबार) काठमाडौंमा भएको वार्तामा मूल्य बृद्धिको निर्णय फिर्ता लिन निगमले असमर्थता जनाएको हो । निगमले आफ्ना भनाई सुनाए पछि वार्ता निष्कर्ष विहीन भएको छ ।
वार्ता पछि निगमका कायम मुकायम कार्यकारी निर्देशक सुरेश अग्रवालले विद्यार्थी संगठनहरुले उठाएका माग माथिल्लो तहमा पुराएर समाधानकास लागि पहल गर्ने बताए । ‘मूल्य बृद्धि फिर्ताको निर्णय हाम्रो तहबाट हुन सक्दैन,’ उनले भने, ‘विद्यार्थीले राखेका माग छिट्टै सरकारमा पुराउने छौं ।’
विद्यार्थी संगठनहरुसंग निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ताका माध्यमबाट समस्या समाधान गर्न प्रस्ताव गरेको थियो । यद्यपि, विद्यार्थी संगठनहरुले मूल्य बृद्धिको निर्णय फिर्ता नहुंदा सम्म आन्दोलन जारी रहने बताएका थिए ।
निगमले पेट्रोलमा ५ रुपियाँ र डिजेल र मट्टितेलमा ३ रुपियाँ मूल्य बृद्धि गरेको थियो । साथै निगमले हवाई ईन्धनमा पनि भाडा बढाएको छ ।

प्रतिक्रिया