एमाओवादीसँग चुनावी तालमेल हुन्छ : चन्द

Netrabikram chandअर्घाखाँची, ३० भदौ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले यथाअवस्थामा मसिर–४ को चुनावमा सहभागी हुन सक्ने बताएका छन् ।
अर्घाखाँचीमा आज (आइतबार) आयोजित कार्यक्रममा चन्दले आफूहरुले अघि सारेका चार बुँदे एजेन्डामा सहमति भए मात्रै चुनावमा जाने अन्यथा निर्वाचन विथोल्ने बताए ।
नेकपा–माओवादीले दलीय सरकार, चुनावको मिति सार्नुपर्ने लगायतका चार बुँदे माग पछिल्लो समय राखेको छ ।
सहमतिबाटै निकास निकाल्न आफूहरु तयार रहेको बताएका उनले चार राजनीतिक शक्तिले भारतको ईसारामा नेकपा–माओवादीलाई पाखा लगाउन खोजेको बताए ।
माग पुरा भए आगामी चुनावमा एमाओवादीसँग आफूहरुको तालमेल हुने सचिव चन्दले बताए । ‘एमाओवादीसँग चुनावमा तालमेल हुन्छ,’ उनले भने, ‘पहिला हाम्रा माग पुरा गरिनु पर्छ ।’
वार्ताका क्रममा सकारात्मक कुराकानी भएको बताएका उनले भने, ‘भारतका दलालहरुले सहमति नर्गन दवाद दिएका छन् ।’
उनले चार राजनीतिक शक्ति भारतको ईसारामा नाँची रहेको आरोप लगाए ।

प्रतिक्रिया