चुनाव बिथोल्ने षड्यन्त्र हुँदै छ : खनाल

JNचितवन, ३० भदौ । एमाले अध्यक्ष झलनाथ खनालले ४ मंसिरमा चुनाव हुन नदिन एमाओवादीले षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले षड्यन्त्रलाई चिर्दै जसरी पनि चुनाव गरेरै छाड्नुपर्ने बताए । नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालको २ दिने राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार भरतपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाओवादीले नै चुनाव सार्न सहमति गरे ऊ धोकेबाज सावित हुने प्रस्ट पारे ।
उनले षड्यन्त्रका बाबजुद मंसिर ४ को चुनाव गर्न आºना कार्यकर्ता एकताबद्ध हुन निर्देशन दिएका छन् । उनले २ सय ४० वटै निर्वाचन क्षेत्रमा एमालेलाई पहिलो पार्टी बनाउन सबै कार्यकर्ताले हरसम्भव मिहिनेत गर्नुपर्ने बताए ।
भेलालाई सम्बोधन गर्दै एमाले नेता केपी शर्मा ओलीले वैद्यपक्षीय माओवादीलाई देखाएर एमाओवादीले चुनाव सार्न षड्यन्त्र गरेको आरोप लगाए । उनले नेकपा माओवादीले प्रस्तुत गरेको ४ बुँदे प्रस्तावमा पनि चुनावको मिति सार्नुपर्ने पक्षमा सहमति गरेकाले अध्यक्ष प्रचण्ड र माओवादी चुनावको मिति केही दिन सार्न खोजेको बताएका हुन् ।
यस्तै, सचिव शंकर पोखरेलले आमालु परिवर्तन र जनताको आमुल परिवर्तनका लागि नेकपा एमाले प्रतिबद्ध रहेकाले चुनावमा जोड दिएको बताए । उनले माओबादीले चुनाव नचाहेको र जनताको सम्पन्न बन्ने अधिकार भांड्न लागीपर्ने बताए ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले तथा युवा संघका नेता तथा कार्यकार्तको बाक्लो उपस्थिती रहेको थियो ।  आइतबार रत्ननगरमा हुने बन्दशत्रलाई  एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलले पनि सम्बोधा गर्ने छन् । भेलामा देशभरका ७ सय ७६ जना प्रतिनिधी सहभागी रहेको भेला संयोजक एवं युवा संघका उपाध्यक्ष राजु गुरुङले जानकारी दिए । यसैविच    नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामि संविधानसभा निर्वाचनमा सुरक्षाको लागि मोबाईल फोर्स गठन गर्ने बताएका छन्  । युवा संघले सुरक्षाको विषयलाई गम्भिरताको साथ हेरेकोले विगतको जस्तै त्रास हुन नदिन मोबाईल फोर्स गठन गर्न लागिएको जानकारी उनको भनाई छ ।
रिपोटर्स क्लव चितवन शाखाले आज विहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष बस्नेतले केन्द्रमा ५ सय र जिल्ला तहमा २ सय जनाको र प्रत्यक क्षेत्रमा टास्क फोर्स गठन गरिने स्पष्ट पारेका छन् । अध्यक्ष बस्नेतले मोबाईल फोर्स असुरक्षाको वातावरण सिर्जना भएमा आधा घण्टा भित्रमा २ सय मोटरसाईकल जम्मा गर्न सक्ने अवस्थामा हुने बताए ।  युवा संघ बौद्विक र जुझारु युवाहरूलाई एकतावद्व गरेर रूपान्तरण र संरक्षणको अभियानमा लाग्ने उनको भनाई छ । विगतका निर्वाचनमा एमालेले आफ्नो मतको सुरक्षा गर्न नसक्दा तेस्रो पार्टी भएकाले अव भने त्यसो हुन नदिने उनको भनाईछ ।
चुनाव अगाडि एमालेमा २ लाख ५० हजार कार्यकर्ता प्रवेश गराउने अध्यक्ष बस्नेतले दावी गरेका छन् । पत्रकार सम्मेलनमा युवा संघकी केन्द्रिय उपाध्यक्ष तथा महिला युथ फोर्स प्रमुख निरु पाल, स्थाई कमिटि सदस्य परर्शुराम बस्नेत, केन्द्रिय सदस्य प्रदिप डल्लाकोटी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया