काठमाडौं, २९ भदौ । काठमाडौंको कीर्तिपुरमा कोठामा टेलिभिजन हेरेर बसेका दुई बालिका बलात्कृत भएका छन् । बलत्कारको घटनामा संलग्न राजीव घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिकाको चाँदनीचोकमा बस्दै आएका ईलाम जिल्ला सालडाँडा–४ स्थायी घर भएका ५२ बर्षीय राजीव घिमिरेलाई बलत्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
घिमिरेले बिहीबार दिउँसो कीर्तिपुर नगरपालिका–३, मिलनटोल बस्ने १० बर्षीया कविता धमला (नाम परिवर्तन) र ९ बर्षीया सुनिता श्रेष्ठ (नाम परिवर्तन)लाई लाई आफ्नै कोठामा बलत्कार गरेका थिए ।
टेलिभिजन हेरेर बसीरहेका दुई बालिकालाई घिमिरेले पालैपालो बलत्कार गरेको प्रहरी भनाई छ । प्रहरीले बलत्कारको घटना बेलुका मात्रै थाहा पाएको थियो ।
बलात्कृत भए पछि दुबै बालिका हिँडडुल गर्न नसके पछि सोधपुछ गर्ने क्रममा बलत्कारको घटना अभिभावकले थाहा पाएका थिए ।
प्रतिक्रिया