मंसिर भन्दा टाढा जानु हुँदैन : कांग्रेस

Congress-flagकाठमाडौं, २९ भदौ । कांग्रेसले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउने गरेर मंसिर महिना भित्रै निर्वाचन गर्न सकिने निष्कर्ष निकालेको छ ।
महाराजगञ्जमा आज (शनिबार) बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले मिति सार्नै परे पनि मंसिर महिना कटाउन नहुँने सहमति गरेको हो । ‘मंसिर महिना भित्रै निर्वाचन गर्ने गरेर मिति सार्न सकिन्छ,’ केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले भने, ‘मंसिर महिना भन्दा टाढा जान सकिँदैन ।’
नेकपा–माओवादीलाई हदैसम्मको लचकता अपनाएर निर्वाचनमा सहभागी हुन आग्रह गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । उनले नेकपा–माओवादी चुनावमा सहभागी हुने ग्यारेन्टी हुनु पर्ने पनि जनाए ।
बैठकमा संसदीय बोर्ड गठनको विषयमा छलफल भएको थियो । सो विषयमा बैठकले कुनै निर्णय गरेन ।

प्रतिक्रिया