मत-विमत

जुलुसहरूको सहर

सौर्य अनलाइन २०७० भदौ २८ गते २३:५० मा प्रकाशित

Jayadev-gautamयो काठमाडौ सहर हो । लाग्न थालेको छ, यो जुलुसहरूको सहर हो । यहाँ नाका–नाकाबाट, चोक–चोकबाट, गल्लीगल्लीबाट जुलुस निस्कन्छन्, निस्किरहेछन् । कतिखेर कहाँबाट कस्तो जुलुस निस्कने हो, कसैले केही भन्न सक्दैन । यता छड्के जुलुस छ, उता छड्के सभा । कतै मसाल जुलुस छ, कतै लाल्टिन जुलुस । पर निस्केको जुलुसमा रित्ता गाग्री बोक्नेहरू छन् । कसैले थाल ठटाउँदै जुलुस निकालिरहेका छन् । कोही दिउँसै मैनबत्ती बालेर जुलुसमा हिँडिरहेका छन् । कतै शोक जुलुस छ, कतै शान्ति जुलुस । थरी–थरीका झन्डा बोक्नेहरू हरेक जुलुसमा छन्, प्लेकार्ड र ब्यानर बोक्नेहरू उत्तिकै छन् ।
जुलुसलाई नियाल्दै जाँदा आफँैलाई लाग्न थाल्छ, मानौँ जुलुसमा सहभागी नभए पनि त्यही जुलुसमा म पनि छु– त्यसरी नै जसरी तपाईंले बगिरहेको पानी छेउ उभिएर वा बग्दो पानीको पुलमाथि उभिएर बगिरहेको जललाई एकोहोरो हेरिरहनुभयो भने तपाईंलाई लाग्नेछ, तपाईं पनि त्यही पानीको बहावसँगै बगिरहनुभएको छ र अचानक तपाईंको एकाग्रता भंग हुन गयो भने तपाईं जहाँको तहीँ हुनुहुन्छ तर तपाईंले हेरिरहनुभएको पानी अविश्रान्त कति बगिसकेको हुन्छ, अनुमान नै हुँदैन । अनि, जुलुसमा थुप्रै ‘म’हरू छन् । मभित्र उम्रिरहने र मभित्र मडारिइरहने अनेकभाँती विचार पनि मानौँ मानव–आकृति लिएर एकपछि अर्को गर्दै जुलुसमा मिसिइरहेका छन् । म भयभीत हुँदिनँ तर आºनै प्रतिकृति, आºनै फोटोकपी धेरै–धेरै देखेपछि भने अचम्भित हुन्छु । समयले सोधिरहेको जस्तो लाग्छ र वातावरणमा प्रश्नहरू उठिरहेजस्तो महसुस हुन थाल्छ– के, म, अब म रहिनँ ? खोइ मेरो अस्तित्व ? खोइ मेरो परिचय ? के मेरो परिचय अब यही जुलुस हो ? के जुलुसबेगर मेरो अलग्गै कुनै परिचय छैन ? कुनै अस्तित्व छैन ? कुनै पहिचान छैन ? के मैले आफूलाई खोज्न यसरी नै जुलुसमा आइरहनु र गइरहनुपर्छ ?
अनायास, आँखाअगाडि मेरो कल्पनामा उमर खैय्यामका नेपाली संस्करणजस्ता लाग्ने कवि भीमदर्शन रोका उभिन आइपुग्छन्, मानौ उनी पनि त्यही जुलुसवरिपरि कतै उभिएर आºनो रूबाइ–कविता पढिरहे जस्तो लाग्छन्–
भिडै भिडले छोपेको, देखिन्न बाहिर
यो कहाँ हो, आइपुगेँ कहाँनिर
यसले कता पुर्‍याउन लाग्यो
अघि देखेको ठाउँजस्तो लाग्यो
चक्रपथ झैँ घुमिरहेको
ए रात, ए दिन, रोक † रोक †
म यहीँ ओर्लन्छु
गल्तीले यसमा बसेँछु
कुन सुरमा चढेँछु ।
………. ।
आफू मिसिएको जुलुसबाट म बाहिर निस्कन्छु, अरू मान्छे खोज्दै । तर, थरी–थरीका जुलुसबाहेक केही देखिँदैन । हेर्छु– जुलुस आइरहेछन्, जुलुस गइरहेछन् । यहाँ त प्रत्येक मान्छे आफँैमा एउटा जुलुस बनेको छ– एक्लाएक्लै मान्छेको जुलुस जस्तो । आफैँभित्र अनायास एउटा प्रश्न उठ्छ र मडारिन्छ यताउता, कतै मेरो सिंगो देश नै त जुलुसमा रूपान्तरित भइरहेको होइन ? किनभने, मेरासामु मानिस देखिँदैनन्, फगत जुलुस छन् जहाँ हरेक नेपाली स्वयंममा एउटा जुलुस बनेर हिँडिरहेको छ । स्वतन्त्र कोही छैन, पृथक् कोही भेटिँदैन । जुलुसमा कति सच्चा परिवर्तनवादी छन् र कति सच्चा यथास्थितिवादी, मैले केही भेउ पाउँदिन । कति जनाका लागि ‘टाइम पास’ को मेसो बनेको छ जुलुस, मलाई त्यो पनि थाहा हुँदैन । कति जना ‘हायर’ गरिएर आएका हुन्, कति जना ‘फायर’ भएर आएका हुन् वा कतिजना ‘इनोसेन्ट्ली’ मिसिएका हुन् जुलुसमा, थाहा पाउन मेरो जानकारी त्यत्रोविधि सूक्ष्म हुँदैन ।
जुलुस भनेको सबै पदयात्रा नै त हो, मोटर र्‍याली वा मोटरसाइकल र्‍याली त कति पो निस्कन्छन् र ? मुखमा पट्टी बाँधेर पदयात्रामा हिँडे पनि, त्यसलाई शान्ति पदयात्राको नाम दिइए पनि र पाखुरामा कालो पट्टी बाँधेर जुलुस निकाले पनि, सबैको प्रकृति एउटै हो । सत्य एउटै छ– जुलुस समर्थनमा पनि निकालिन्छ र विरोधमा पनि । समर्थनमा निस्कने जुलुस कम हानिकारक हुन सक्छ, कम विनाशकारी हुन सक्छ, सडकका रेलिङ र डिभाइडरहरू नभाँच्ने वा तोडफोड नगर्ने किसिमको हुन सक्छ, ढुंगामुढा नगर्ने किसिमको हुन सक्छ, कालो प्रदूषणको स्रोत टायर नबाल्ने र सडक जाम नगराउने किसिमको हुन सक्छ । विरोधमा निस्कने जुलुस समर्थनमा निस्कनेभन्दा ठीक विपरीत हुन सक्ने प्रचुर सम्भावना रहन्छ, ती क्रियाप्रतिक्रिया विरोध जुलुसको सान बनेका हुन सक्छन्, जुन सामान्यतया समर्थन जुलुसमा अपेक्षित हुँदैनन् । तर, जब आवाजले आक्रोशको रूप लिन्छ र उत्साह आवेगलाई पनि नाघेर आवेशमा रूपान्तरित हुन्छ, जुलुस जुलुस रहँदैन, अनियन्त्रित भिड बन्न पुग्छ । अनि भिडतन्त्रको बोलवाला हुन्छ, मोबोक्रयासीको राज चल्छ । यसर्थ, जुलुस जस्तो भए पनि त्यो जुलुस नै हो, सबै जुलुसको प्रकृति पनि एउटै हो– शक्ति प्रदर्शन ।
म काठमाडांै सहरमा आºनो पदयात्रा अगाडि बढाउँदै जान्छु । केही पहिले कलंकी र गोंगबु, महाराजगन्ज र चाबहिल, लैनचौर र रत्नपार्क, बागबजार र पुतलीसडक, कालीमाटी र कीर्तिपुर र ललितपुर र भक्तपुर आदि ठाउँमा हेरेर आइसके जस्तै, बानेश्वर चोकमा देख्छु– दुईतिरबाट दुईवटा जुलुस आइरहेका छन् । एउटा जुलुसको नेतृत्व गर्दै आइरहेको अगुवालाई सायद मैले चिनेँ । अस्वाभाविक तवरले मोटो र रातोपीरो देखिने त्यो व्यक्तिलाई मैले ठाउँ–ठाउँमा र नाकानाकामा र चोकचोकमा र गल्लीगल्लीमा र पसलपसलमा सबैतिर भेटेको थिएँ, सधैँ भेटिरहन्छु पनि । उसले कतिपटक आºनो परिचय पनि मलाई दिँदै भनेको थियो, ‘मेरो नाम मिस्टर महँगी †’ सँगै उभिएकी खाइलाग्दी महिलातिर देखाउँदै उनी ‘मिसेज महँगी’ भएको उसले बताएको थियो । साथमा अरू पनि थिए– सुश्री महँगी, कुमार महँगी, आकार लिंदै गरेका अनेक नामधारी महँगीहरू । शिशुहरू कोही थिएनन् र महँगी सायद नाम नभएर थर, जाति, गोत्र, प्रवृत्ति सबैथोक थियो † जहाँ जोसँग पनि मिल्न सक्ने †
अर्कोतिरबाट आइरहेको जुलुस महँगी–पीडितहरूको थियो, उनीहरूको अनुहारभरि मूल्यवृद्धि रोक्नुपर्ने अनुग्रहपूर्ण भावहरूले मुजा पारेका थिए । जुलुसमा हिँड्नेहरू मसित नियमित जम्काभेट भइरहनेहरू नै थिए ।
थप पाइला चाल्छु । जति अगाडि बढ्दै जान्छु, उत्ति नै सबैतिर जुलुस देखा परिरहन्छन् । घरी–घरी त आफँै झस्किएँ पनि– जुलुसहरू नै यसरी देखा परिरहेका हुन्, अथवा यो जुलुसहरूको प्रतियोगिता हो ? वा जुलुसहरूको म्याराथन ? अथवा मेरो मन–मस्तिष्क नै जुलुसमय बनिसकेको हो, जसले मलाई हम्मेसी जुलुसको अनुभूतिमुनि बाँच्नुपर्ने प्राणीका रूपमा रूपान्तरित गरिसकेको छ ? कतै मेरा आँखा वर्तमान नेपालको उत्तरआधुनिकतारूपी बौद्धिक–विलासिताको झिलिमिलीमा तिरमिराइरहेका त होइनन् जहाँ निर्माणको होइन बरू विनिर्माणको गीत गाइन्छ र त्यसले गर्दा नै नेपालीको परिचय अब मानिसका रूपमा नरहेर नानाभाती जुलुसको सदस्यका रूपमा मात्र रहन गएको छ ?
लाग्न थाल्यो, मानौँ, सारा काठामाडौं सहर नै जुलुसमा अनुदित भइरहेको छ । जुलुसपछि जुलुसहरू आइरहेका छन्– सत्ताप्रेमहरूको जुलुस । सत्ताका स्थायी विरोधहरूको जुलुस । अराजकताहरूको जुलुस । जातीयताहरूको जुलुस । भ्रष्टाचारहरूको जुलुस । कर छलाइहरूको जुलुस । अकर्मण्यताहरूको जुलुस । कृत्रिम अभावहरूको जुलुस । कालाबजारीहरूको जुलुस । स्वदेशी अंग्रेज (नेपांग्रेज) हरूको जुलुस । काण्डपछि काण्डहरूको जुलुस । बेरोजगारीहरूको जुलुस । मुद्रास्फीतिको जुलुस । बाढीहरूको जुलुस । सुख्खाहरूको जुलुस । काकाकुलहरूको जुलुस । विदेशी मुद्रा अपचलनहरूको जुलुस । गरिबी र अभावहरूको जुलुस । अशिक्षाहरूको जुलुस । कुपोषणहरूको जुलुस । जनसंख्या वृद्धिको जुलुस । आतंक र असुरक्षाहरूको जुलुस । अनिर्णयहरूको जुलुस । अदूरदर्शिताहरूको जुलुस । आश्वासन र छलछामहरूको जुलुस । अनिश्चय र संशयहरूको जुलुस ।
जुलसहरूमा प्लेकार्ड छन्, ब्यानरहरू छन् । तिनलाई पढ्ने प्रयत्न गर्छु–
–    सत्ताप्राप्ति र त्यसको स्वच्छन्द उपभोग हाम्रो राजनीतिको अभीष्ट हो ।
–    जातीय गणराज्य संघीय लोकतन्त्रको आधार हो ।
–    उमेर र बजारमूल्य कहिल्यै घट्दैनन् ।
–    बारुद र बम होइन, अन्न र कपडा देऊ ।
–    गरिबी अपमानको कुरा होइन, यसबाट असुविधा मात्र हुन्छ ।
–    जुलुस आएको थियो, गयो तर फेरि आउँछु भनेर जानिराख्नु ।
प्लेकार्ड र ब्यानर पढ्दै गइरहेका बेला, म उभिएको विपरीत दिशाबाट, अलि पर अर्को एउटा जुलुस पनि आउँदै गरेको देखियो । यो जुलुसका सहभागी चिनेको जस्ता पनि थिए र नचिनेका जस्ता पनि । बल्लबल्ल उनीहरूलाई ठम्याउन सकेँ– उनीहरू त जनसाधारण भनिनेहरू पो थिए । त्यहाँ सुकिलामुकिलाहरू थिएनन्, बरू थिए त केवल सामान्य पहिरन भएका, अनुहारभरि चिन्ताको धर्सा बोकेका, आँखाभरि अनिश्चितताको गाजल लगाएका र असुरक्षा भावले किचिएकाहरू ।
जनसाधारणहरूको जुलुस सबैभन्दा निरीह देखेँ, सबैभन्दा दुर्बल लाग्यो । महँगी, भ्रष्टाचार, गरिबी, अभाव, मुद्रास्फीति, अशिक्षा, अकर्मण्यता आदि जुलुसहरूले जनसाधारणको जुलुसलाई पेलिरहेका थिए र अगाडि बढ्नै दिइरहेका थिएनन् । जनसाधारणको जुलुसमा कोही अगुवा थिएन, (भएका र केही चलाकजस्ता देखिनेहरू त आºनो जुलुस छाडेर माथिका अन्य जुलुसमै पो मिसिन गइसकेका थिए †), सबैजना त्यसै–त्यसै आतंकित, भयभीत र किञ्चित संशयले भरिएका प्रतीत हुन्थे । लाग्यो, काठमाडांै सहरको जुलुस–म्याराथनमा सबैभन्दा दमित यही जनसाधारण रहेछ, त्यस्तै देखियो पनि ।
तर, मैले जति खोजे पनि, काठमाडौं सहरमा भेटिएको जुलुसहरूको भिडमा, शान्ति र सुव्यवस्थाहरूको शालीन जुलुस देखिन, उन्नति प्रगति र विकासहरूको मोहक जुलुस देख्न पाइनँ, स्थिरताहरूको भद्र जुलुस हेर्न पाइनँ, नवनिर्माणहरूको इमानदार जुलुस दृष्टिगोचर भएन, लोकहितकारी उद्योग–व्यवसायमा लगानीको जुलुस देख्न पाइनँ । जनहितकारी र लोककल्याणकारी राज्यव्यवस्थाका कुराहरू धेरै सुनेँ तर आºना शब्दहरूको ओज राख्ने सबल काँध र सच्चा हृदयहरूको जुलुस मेरा आँखाअगाडि कतै आइपुगेन । आस्था र विश्वासहरूको जुलुस हेर्न मेरा आँखा तिर्खाएका थिए, उत्साह र उमंगहरूको जुलुस हेर्न मेरो मन लोभिएको थियो, व्यवहारजन्य समानता र सम्मानहरूको जुलुस हेर्न मेरो हृदय रहराएको थियो तर मेरा यी तिर्खा, यी लोभ र यी रहर पूरा हुन सकेनन् ।
सम्झनामा कुनै विद्वान्को भनाइ आयो– मानिस जहाँ बस्छ र उसले जहाँ काम गर्छ, उसलाई त्यस ठाउँप्रति गर्व हुनुपर्छ ऊ स्वयंले यस्तो काम गर्नुपर्छ जसले गर्दा त्यस ठाउँले पनि उसप्रति गर्व गर्न सकोस् । अनि यहाँनिर एउटा स्वाभाविक प्रश्न उठ्यो मनमा, के यसको अर्थ हो– न नेपालीहरूलाई आफू बसिरहेको ठाउँप्रति गर्व छ, न नेपाललाई आºना बासिन्दाप्रति ? होइन भने, त्यस्ता कस्ता–कस्ता असन्तुष्टि छन् जसका लागि सधँै जुलुसको लस्कर हुन्छ ? किन र्‍यालीको म्याराथन ? किन केवल आग्रह र पूर्वाग्रह बोकेका अनुहार मात्र ? खोइ त्यो हृदयको विशालता र खोइ त्यो मनको पवित्रता ? क्षमता र योग्यताको परीक्षा खास परिस्थितिहरूले गर्छन् भने जस्तै मान्छेको इमानदारी र बेइमानीको निर्णय अवसरले मात्र गर्छ । उसोभए, के यहाँ केवल अवसरको पर्खाइ मात्र छ ? सायद त्यसैले, छातीमा हात राखेर भन्ने हो भने, हामीमध्ये कति केवल ‘अवसर नपाउँदासम्म मात्रका इमानदार’ हौँ र कति जना होइनौँ ?
मानिसभित्र दुई मोर्चा हुन्छन् र त्यहाँ हुन्छ पनि दुई मोर्चाको लडाइँ– एकातिर आन्तरिक शत्रुविरुद्ध लड्नुपर्ने हुन्छ र अर्कोतिर, बाह्य शत्रुविरुद्ध । कामवासना, क्रोध, मद, मात्सर्य, लोभलालच, स्वार्थ, अक्षमता, अयोग्यता, अज्ञान, निर्दयता, क्षमाहीनता आदि थुप्रै कुरा हाम्रा आन्तरिक शत्रु हुन् । हाम्रो खास लडाइँ, वास्तविक लडाइँ, स्वयं आºनै अयोग्यताविरुद्ध, आºनै आन्तरिक शत्रुविरुद्ध हो र हुनुपर्छ । जुलुस निकाल्नै परे पनि यिनै अयोग्यता र अक्षमताविरुद्ध लक्षित हुनुपर्छ । आफूलाई जित्न सकियो भने दुनियाँमा हार्ने सम्भावना विरलै हुन्छ ।
तर, हामीले यो पनि भुल्नुहुँदैन– निश्चय पनि, हक र अधिकार संघर्ष नगरी प्राप्त हुँदैनन् । प्राप्त अधिकार रक्षा गर्न पनि संघर्ष गर्न जान्नु र सक्नुपर्छ । त्यस्ता कुराका लागि जुलुस पनि निकाल्नुपर्छ तर कुरा कति मात्र हो भने, जुलुसमा हिँडिसकेपछि, स्वयंलाई के चाहिएको हो र आफूले के खोजेको हो भन्नेबारे चाहिँ स्पष्ट हुनुपर्छ । फेरि, त्यतै कतै जुलुसमा उनै कवि भीमदर्शन रोका कविता पढ्दै गरे झैँ देखिए–
म पुग्न आएको थिएँ
पहिलो छुट्यो, छुटिहाल्यो
समयले कति टाढा फाल्यो
अब अन्तिम आउन बाँकी छ
केही बेर त हो नि
जाने भए आऊ, म पर्खिरहेछु
म हेर्न आएको होइन
म पुग्न आएको हुँ ।
जुलुसले मलाई कहिले यता र कहिले उता गरिरहेको थियो । म अन्यमनस्क हुँदै गइरहेको थिएँ । तर, हठात् श्वेरकल्पनाले मलाई आºनो अँगालोमा तान्यो र म ती कविलाई सुनेको सुन्यै भइरहेँ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय