काभ्रे, २९ भदौ । आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनको सुरक्षाका लागि प्रहरीले स्थानीय स्तरमा सुझाव संकलन कार्य सुरु गरेको छ ।
मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले क्षेत्रका सबै जिल्लामा पुगेर जिल्लाका सम्बन्धित सरोकारवालाको सुझाव संकलन गरेको हो । शुक्रबार काभ्रे र सिन्धुपाल्चोका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरूसँग आगामी निर्वाचनमा देखिने सुरक्षा चुनौतीका बारेमा सुझाव लिइएको डिआइजी विज्ञानराज शर्माले जानकारी दिए । धुलिखेलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै शर्माले स्थानीय स्तरबाट आएको सुझावलाई मध्यनजर गर्दै प्रहरीले निर्वाचनका लागि सुरक्षा रणनीति बनाउने र भयरहित वातावरणमा मतदातालाई निर्वाचन स्थलसम्म गएर मत राख्ने वातावरण बनाउने बताए ।
कार्यक्रममा बाग्मती अञ्चल कार्यालयका प्रमुख एसएसपी रमेश खरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुण विसीलगायतले प्रहरीले नागरिकलाई दिनुपर्ने सुरक्षामा कुनै खालको विभेद र कमी नहुने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया