तीन बालबालिका बलात्कृत

बर्दिया, २९ भदौ । बर्दिया जिल्लामा एक हप्ताभित्रमा ३ ओटा बलत्कारका घटना भएका छन् ।
जिल्लाप्रहरी कार्यालय बर्दियामागतभाद्र २० गतेदेखि भाद्र २७ गतेसम्म ३ ओटा बलत्कारका मुद्दा दर्ता भएकाहुन् । बलत्कारबाट पीडितमा ३ जना नै १६ बर्ष भन्दाकमउमेरका रहेका छन् । ३ ओटाबलत्कारका घटनामध्ये २ ओटा गुलरिया नगरपालिकाभित्रका रहेका छन् । जसमध्ये २ जना बोल्न नसक्ने रहेका छन् ।
गुलरिया नगरपालिका २ सुकुम्बासी  टोल बस्ने २४ वर्षीय दिनेश चौधरीले गत २७ गते नजिकैको जंगलमा दाउरा खोज्न गएको बेलामा बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलत्कार गरेका छन् । श्रीमतीलाई माइत पुर्‍याएर जंगलको बाटो आउँदै गरेका चौधरीले जंगलमा बोल्न नसक्ने बालिका देखी बलत्कार गरेको बालिकाकी आमाले बताएकी छन् ।
जंगल नजा भन्दाभन्दै दाउरा खोज्न जंगल गएकी छोरी चिच्याएको सुनेपछि जंगल पुग्दा बलत्कार गरिरहेको अवस्थामा भेट्टाएको उनले बताइन् । घटना लगत्तै दिनेश घरतर्फ भागेका थिए भने बालिकाकी आमा प्रहरीमा खबर गरेकी थिइन् । पीडकलाई शुक्रबार साँझ नै पक्राउ गरिएको थियो । पीडक चौधरीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया