नायिका दीपिकालाई दुई दिनको तीन करोड

Deepika-Padukon-Souryaमुम्बई । शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ हिट भएपछि वलीउड नायिका दीपिका पादुकोणले आफ्नो कामको ‘मूल्य’ ह्वात्तै बढाएकी छन् ।
उनले साउथ फिल्ममा खेल्नका लागि दुई दिनको तीन करोड रुपियाँको माग गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दीपिकाले असिन, विद्या बालन, कैटरीना कैफ र दक्षिणकी अभिनेत्री अनुष्का शेट्टीलाई पछाडि पार्दै हालै रजनीकान्तसँग फिल्म ‘कोचादेयान’ खेलेकी छन् ।
दुई दिनको शूटिङको तीन करोड रुपियाँ लिएर वलीउडमा दीपिकाले अर्को रेकर्ड राखेको समाचारमा जनाईएको छ । दुई दिनको तीन करोड लिने वलीउडकी पहिलो नायिकामा दीपिका परेकी छन् ।
‘कोचादेयान’ फिल्ममा रजनीकान्त र दीपिकाको मुख्य भूमिका छ । यो फिल्ममा रजनीकान्तले सुपरहीरोको अवतार देखिने छन् ।
‘कोचादेयान’लाई रजनीकान्तकी छोरी सौन्दर्याले निर्देशन गरेकी हुन् । यो फिल्म रजनीकान्तको जन्मदिनका रिलीज हुने छ ।

 

प्रतिक्रिया