काठमाडौं, २७ भदौ । एमाले निकट युवा संघ नेपालको आन्तरिक विवाद समाधन भएपछि चितवनमा राष्ट्रिय भेला हुने कार्यक्रम सार्वजनिक भएको छ ।
संघले आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर बिवाद समाधान भएको दाबी गरेको हो । अध्यक्ष महेश बस्नेत, उपाध्यक्षहरु झपट रावलसहितका असन्तुष्ट पक्ष संघको बिवाद समाधान भएको जनाएका हुन् ।
संघले भदौं २९ र ३० गते चितवनको रत्ननगरमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी पनि बस्नेतले दिए । भेलाको एमाले अध्यक्ष झलनाथ खनालले गर्ने कार्यक्रम छ ।
अध्यक्ष बस्नेत र उपाध्यक्ष रावलको समूहबीच विवाद हुँदा एमाले नेतृत्वलाई टाउको दु:खाई भएको थियो ।
प्रतिक्रिया