उत्तर प्रदेशको सम्प्रदायिक हिंसामा २८ को मृत्यू

India Uttarprdeshनयाँ दिल्ली । भारत उत्तर प्रदेशमा भड्किएको साम्प्रदायिक हिंसा नियन्त्रणका लागि सुरक्षा निकायले प्रयास गरिरहेको जनाएका छन् ।
मुजफ्फरपुरमा केटी जिस्काएको विषयमा भएको विवादले साम्प्रदायिक हिंसाको रुप लिएको हो । सो घटना पछि उत्तर प्रदेश सरकारलाई टाउको दु:खाई भएको छ ।
हिंसामा २८ जनाको मृत्यू भईसकेको छ भने ४० भन्दा बढि स्थानीय घाईते भएका छन् ।
मुजफ्फरपुरमा शान्ति सुरक्षा कायम गर्न खट्टिएका सुरक्षाकर्मीले हिंसा गर्न खोज्ने जो कोहीलाई गोली सम्म हान्ने आदेश आफूहरुलाई रहेको जनाएका छन् ।
भारतीय जनाता पार्टीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।
उता, उत्तर प्रदेश सरकार साम्प्रदायिक हिंसाको घटनालाई लिएर घेराउमा परेको छ । राज्यपालले मुजफ्फरनगर दंगा सम्बन्धी आफ्नो रिपोर्ट केन्द्र सरकारलाई बुझाएका छन् । रिपोर्टमा उत्तर प्रदेश सरकारलाई सो घटनाका विषयमा पहिलानै थाहा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एडीजी अरुण कुमारले २८ जनाको मृत्यू भएको पुष्टि गरेका छन् । ९० जनालाई नियन्त्रणमा लिएको उनले जनाए ।

प्रतिक्रिया