तीज पर्व धुमधामका साथ मनाईदै

teejकाठमाडौं, २३ भदौ । हिन्दू नारीहरुले बिशेष रुपमा मनाउने तीज अर्थात हरितालिका धुमधामका साथ मनाईदै छ ।
रातो कपडा र हरियो पोतेमा सजिएका दिदी/बहिनीले आफ्नो मनोकांक्षा पुरा हुने उदेश्यका साथ आज (आइतबार)का दिन निराहार ‘ब्रत’ बसेर आरधना गर्ने गर्छन् ।
परापूर्वकालमा पार्वतीले महादेव पति पाउँ भनि आरधना गरेको किम्बदन्ती अनुसार तीजमा पनि महिलाहरुले सोही मान्यता राख्ने गर्दछन् ।
तीजको अघिल्लो दिन घर वा माईतमा बनाईएका मीठा परिकार खाने गरिन्छ । मध्यरात सम्म ‘दर’ खाएका महिलाहरु तीजका दिन पानी पनि नखाई ‘ब्रत’ बस्ने गर्छन् ।
आफ्नो गच्छे अनुसार घरमा बनाईएको परिकार खानुका साथै नयाँ लुगा लगाउने पनि गरिन्छ ।
पछिल्लो समय शहर बजारमा तीज पर्वलाई बिकृतिका रुपमा अघि बढाएको आरोप पनि लाग्ने गरेको छ ।
तीजमा गाईने सासु र बुहारी तथा उत्पीडनका गीतहरु पनि लोप हुँदै आएको आरोप छ । अहिले गाईने गीतहरु छाडा र भद्धा रहेको अघिल्लो पुस्ताको भनाई छ ।
यसैबीच, आजका दिन बिशेष गरेर महादेवका मन्दिरहरुमा पुजा गर्नेको घुईचो लागेका छन् । दिन भरि महिलाहरु महादेवको मन्दिरमा नाच गान गर्ने गर्छन् ।
काठमाडौंमा पशुपति नाथको मन्दिरमा महिलाहरुको घुईचो बिहानै देखि लागेको छ । (फाईल तस्विर)

प्रतिक्रिया