मकैबारीमा पाँच बर्षीय बालिका बलात्कृत

balatkarकाठमाडौं, २० भदौ । काठमाडौंको भकुण्डे चौरमा पाँच वर्षीया बालिका बलत्कार गर्ने राजेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
भीमढुंगा–५ बस्ने धनकुटा जिल्ला डाङडुगे–६ घर भएका २७ बर्षीय क्षेत्रीलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ ।
क्षेत्रीले बेलुका स्थानीय पाँच बर्षीय बालिकालाई भकुण्डे चौर भन्ने स्थानको मकै बारीमा लगेर बलत्कार गर्दै गरेको अवस्थामा स्थानीयले बालिकाको उद्धार गरेका हुन् ।
बालिकालाई ललाई फकाई लगेर जवरजस्ती अनुचित कार्य गर्न लागेको अवस्थामा देखे पछि क्षेत्रीलाई पक्राउ गरि स्थानीयले प्रहरीलाई बोलाएका थिए ।

प्रतिक्रिया