सिरियामा हस्तक्षेप गर्न ओबामालाई केही खुकुलो

Senet Americaअमेरिका । अमेरिकामा सीनेटको एकसमितिले द्धनद्ध ग्रस्त सिरियामाथि सैन्य हस्तक्षेप गर्न सरकारलाई अनुमति दिएको छ । आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरेको भन्दै समितिले सैन्य हस्तक्षेपको राष्ट्रपति बराक ओबामाको योजनामा सहमति जनाएको हो । सीनेटको विदेशमामिला हेर्ने समितिमा सातको विरुद्ध दश मतले प्रस्ताव पारित गरेको सीएनएनले जनाएको छ ।

पूर्ण अनुमतिका लागि प्रस्ताव सीनेटमा जानु पर्छ । सिरियामाथि सैन्य कारवाही गर्न राष्ट्रपति ओबामाले समर्थन खोजिरहेका बेला समितिको निर्णयले थप उर्जा मिलेको छ । सिरियामाथि सीमित कार्वाही गरिने र अमेरिकी सेना जमीनमा नउतारिने पनि अमेरिकाको तयारी छ ।

राष्ट्रपति ओबामाले प्रस्ताव कांग्रेसबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । आउँदो हप्ता सीनेटमा प्रस्तावमा मतदान हुने छ । अमेरिकाका साथै बेलायत र फ्रान्स सिरियामा सैन्य हस्तक्षेपबाटै समाधान खोज्नुपर्ने पक्षमा छन् । सिरियाका निकट मानिने रुस र चीन हस्तक्षेपको विरोधमा छन् ।

२१ अगष्टमा राजधानी दमस्कसबाहिर सिरियाली राष्ट्रपति बहार अल असादको सत्ताले विपक्षीविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप पश्चिमा राष्ट्रको छ । स्वीडेन गरेका अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना नागरिकविरुद्ध असदले नै रासायनिक हतियार प्रयोग गरेको पूर्ण प्रमाण फेला परेको दावी गरेका छन् ।

प्रतिक्रिया