सर्वोच्चसँग गुहार माग्दै राप्रपा–नेपाल

RPP_flagकाठमाडौं, १८ भदौ । मत पत्रमा नवौं नम्वरमा राखे भन्दै विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
मतपत्रको सूचीमा चुनाव चिन्ह तेस्रो नम्बरमा हुनु पर्नेमा नवौं नम्बरमा राखिएको विरोधमा राप्रपा नेपालले निर्वाचन अयोगविरुद्ध रिट हालेको हो । राप्रपा नेपालले तेस्रो स्थानमै चुनाव चिन्ह हुनुपर्ने माग रिटमा छ ।
निर्वाचन आयोगले निकालेको नमूना मतपत्रमा पहिलो नम्बरमा एमाले, दोस्रो नम्बरमा कांग्रेस, तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी, चौथो नम्बरमा एमाओवादी र पाचौंमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह छन् ।
‘दल दर्ता गर्नेबेला हामीले तेस्रो नम्बरमा दर्ता गरेका थियौं,’ राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले भने, ‘अहिले नमूना मतपत्रमा नवौं स्थानमा चुनाव चिन्ह राखिएको रहेछ ।’ उनले राप्रपा नेपालको स्थान तेस्रो नम्बरमा हुनु पर्ने भनेर रिट दायर गरेको बताए ।
पहिले दल दर्ता गर्ने दलको चुनाव चिन्ह मतपत्रमा सोही स्थानमा राख्नुपर्ने आयोगको नियमावलीमा छ ।

प्रतिक्रिया