ऋण पाउने भएपछि पीडितहरुमा खुसीयाली

Panchathar Districtपाँचथर, १८ भदौ । पाँचथरका ६ हजार ६ सय ५० भूकम्प पीडितले सरकारसँग सहुलीयत ऋण मागसहितका आवेदन दिएका छन् ।
सरकारले निवेदन आह्वान गरे पछि सो निवेदन परेको हो । २०६८ साल असोज–१ गतेको भूकम्पबाट पीडितहरुले ऋण माग गरे पनि पाउन सकेका थिएनन् ।
साउन–१४ देखि भदौ–१६ गते सम्म जिल्लाका ४१ गाविसका पीडितले ऋण मागसहित निवेदन दिएका छन् । निवेदनका लागि गाविस सचिवहरु र जिविसका प्राविधिकले समन्वय गरेर सिफारिस दिएको फिदिम गाविसका सचिव प्रकाश अधिकारीले बताए ।
घरमा आंशिक क्षति पुग्नेलाई ५० हजार तथा पूर्ण क्षति भएकालाई १ लाख रुपियाँ ऋण दिने सरकारले आश्वासन दिएको छ ।
सरकारले २०६८ को सबैभन्दा बढी भूकम्प प्रभावित जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका पीडितलाई ऋण दिने योजना ल्याएको प्राविधिक कार्यालयका इन्जीनियर यादव गौतमले बताए । भूकम्प गएको २ वर्षपछि ऋण पाउने भए पछि भूकम्प पीडित खुसी भएका छन् ।

प्रतिक्रिया