चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यू

makwanpurमकवानपुर, १७ भदौ । मकवानपुरमा चट्याङ लागेर ५० वर्षीया ज्ञानीमायाँ स्याङ्तान र सामेर मोक्तानको मृत्यू भएको छ ।
आमभन्जाङ–७ की स्याङ्तानलाई आज (सोमबार) विहान आठ बजे चट्याङ लागेको प्रहरीले जनाएको छ । घरमा बसी रहेकी उनलाई चट्याङ लागेपछि घटनास्थलमै मृत्यू भएको हो ।
यसैगरी, हर्नामाडी–१ की १६ बर्षीय मोक्तानको पनि चट्याङ लागेरै मृत्यू भएको छ । चट्याङ लागेर १७ बर्षीय रोशन बल घाइते भएका छन् ।
विहान साढे ९ बजे हर्नामाडी–१, जलारी भन्ने स्थानमा मोक्तान र बललाई चट्याङले लागेको थियो । चट्याङ लागेर घाइते उनीहरुलाई गम्भीर घाईते भएका थिए । उपचारका लागि लैजाने क्रममा मोक्तानको बाटैमा मृत्यू भएको थियो ।

प्रतिक्रिया