सन्नीले मल्लिकालाई ‘राजकुमार’ खोज्दै

Mallika Serawatमुम्बई । वलीउड अभिनेत्री मल्लिका शेरावतले आफ्नो सपनाको ‘राजकुमार’ खोज्न पोर्न स्टार सन्नी लियोनको सहयोग लिएकी छन् ।
टिभी ‘शो’ ‘ब्याचलर अफ इन्डिया’ मार्फत मल्लिकाले ‘राजकुमार’को खोजी गर्न लागेकी हुन् । अमेरिकन टिभी कार्यक्रमको हुबहु नक्कलमा यो टिभी कार्यक्रम आउन लागेको हो ।
‘शो’मा मल्लिकालाई पोर्न स्टार एवं वलीउड नायिका सन्नीले साथ दिने लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वलीउडमा बिन्दास गर्लको रुपमा परिचित मल्लिका र सन्नी एकसाथ देखिन लागेका यो पहिलो पटक हो ।
‘शो’मा सन्नीले मल्लिकालाई जीवन साथी खोज्ने काममा सहयोग गर्ने छिन् । तीस प्रतियोगी रहने प्रतियोगितात्मक कार्यक्रममा टिभी अभिनेता रोहित राय पनि अतिथिका रुपमा रहने छन् । एजेन्सी

प्रतिक्रिया