‘चोरी’को अभियोगमा सेनाका जवान पक्राउ

armyराजविराज, १२ भदौ । चोरीको अभियोगमा सप्तरी प्रहरीले नेपाली सेनाका जवान राजेन्द्र तामाङलाई नियन्त्रणमा लिएको छ ।
सप्तरीको तेरहौता–५ घर भई श्रीबक्स गण ताप्लेजङ्गमा कार्यरत सेनाका जवान तामाङलाई आज (बुधबार) पक्राउ गरिएको प्रहरी चौकी महुलीका सहायक प्रहरी निरीक्षक ढाकालाल अधिकारीले जानकारी दिए ।
तेरहौता, सीतापुर तथा आसपासका गाविसमा भईरहेका श्रृंखलाबद्ध चोरीका घट्नामा संलग्न रहेको आशंकामा तामाङ्गलाई नियन्त्रणमा लिईएको हो ।
सीतापुर–१ स्थित ससुराली घरमा बस्दै आएका मित्रबहादुर तामाङ्गको कोठाबाट मंगलबार राति नगद तथा गरगहना चोरी भएपछि जवान राजेन्द्र पक्राउ परेका हुन् । २ तोला सुन, १२ तोला चाँदी, ४६ हजार नगद, एकथान डिजिटल क्यामरा जवान राजेन्द्र चोरी गरेको आरोप लागेको छ । मित्रबहादुर तामाङपनि सेनामा कार्यरत छन् । उनीहरु दुबै जना ताप्लेजुङ्गमा एउटै गुल्ममा काम गर्छन् ।
जवान राजेन्द्र विरामी विदा र मित्रबहादुर सुत्केरी बिदामा घर आएको स्थानीयले जानकारी दिए ।
साउन–३ गते राति तेरहौता–५ का रामबहादुर तामाङ्गको घरमा पनि राजेन्द्रले नै चोरी गरेको आशंका प्रहरीको छ । पक्राउ पर्नु अघि पनि सेनाका जवान राजेन्द्रलाई विभिन्न चोरीका आरोपहरु लागेको थियो ।

प्रतिक्रिया