‘बिग्रेड’ उत्पादनमा मात्रै लाग्ने होइन : दाहाल

Annapurna-Utpadan-Brigedपोखरा, ७ भदौं । संविधानसभा निर्वाचन नजिकिँदै गर्दा एकीकृत माओवादीले ‘उत्पादन’का नाममा अर्को युवा दस्ता गठन गरेको छ ।
पोखरामा आज (शुक्रबार) आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बेल्चा र पावर ट्रेलर दिएर ‘अन्नपूर्ण उत्पादन ब्रिगेड’ गठनको घोषणा गरेका हुन् । ‘ब्रिगेड’मा ‘वाईसिएल’ नेताहरु रहेका छन् । ‘बिग्रेड’लाई मुलुक भरि गठन गरिने दाहालले बताए ।
लामो समयदेखि ‘वाईसिएल’ निस्क्रीय भइरहेका बेला एमाओवादीले ‘उत्पादन क्षेत्रमा उपयोग गर्ने’ भन्दै ‘बिग्रेड’ बनाएको हो ।
अध्यक्ष दाहालले ‘बिग्रेड’ मार्फत मुलुक भरिका हज्जारौं युवालाई चुनावमा भरपुर उपयोग गर्ने जनाए । ‘टिम कृषि उत्पादनमा मात्र लाग्ने होइन,’ उनले भने, ‘आगामी संविधानसभा निर्वाचनमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
निर्वाचनमा पनि सोही टिमलाई परिचालन गरिने उनको भनाई छ ।
‘वाइसिएल’का सचिवालय सदस्य दीपक कोइरालाले नै नयाँ युवा दस्ता ‘ब्रिगेड’ जिम्मेवारी पाएका छन् ।
कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालका साथै नेता बाबुराम भट्टराई, बर्षमान पुनलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया