मुम्बईमा सामूहिक बलत्कार

Balatkar 4मुम्बई । भारतको मुम्बईमा एक महिलाको सामूहिक बलात्कार भएको छ । मुम्बईको परेल गाउँमा पुरुष साथीसँग बिहीबार राति फोटो खिचिरहेको अवस्थामा पुरुष साथीलाई डोरीले बाँधी उनकै अगाडि महिलालाई सामूहिक बलात्कार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न रहेको आशंकामा १६ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

अंग्रेजी पत्रिकाका लागि काम गरिरहेकी ती महिला बलात्कृत भएको खबरसँगै मुम्बईभरि भारतीय सञ्चारकर्मीले प्रदर्शन गरेका छन् ।

 

प्रतिक्रिया