चुनाव भांड्ने अधिकार कसैलाई छैन : थापा

Surya bd Thapaकाठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मुलुकलाई निकास दिन तोकिएकै समयमा संविधानसभा निर्वाचन अनिवार्य रुपमा गरिनुपर्ने दोहराएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा थापाले संक्रमणकालको अन्त्यका लागि निर्वाचन एकमात्र विकल्प भएको बताए ।
उनले चुनावको समर्थन र बहिष्कार गर्ने अधिकार सवैलाई रहे पनि चुनाव भाँड्ने अधिकार कसैलाई नरहेको बताए ।
कार्यक्रममा अखिमुखिकरणमा नेता पशुपति शमशेर राणाले २ सय ४० निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन सम्बन्धि कार्यक्रम गरिने बताए ।

प्रतिक्रिया