हङकङमा आँधीको बबण्डर

Hongkongहङकङ । हङकङमा बुधबार आएको आँधीले जनजीवन अस्तब्यस्त बनाएको छ । प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिले आँधी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आँधी नथामिएपछि सबै सरकारी कार्यालय बन्द गरिएका छन् । हवाई, पानीजहाज र यातायात सेवा पनि बन्द गरिएका छन् । हवाई उडान बन्द गरिएकाले हङकङको विमानस्थल भएर उड्ने थुप्रै विमान हङकङ विमानस्थलमै रोकिएका छन् ।

सुरक्षा निकायले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपील गरिएको छ । चीनबाट प्रवेश गरेको आँधीको बेग अझै बढ्न सक्ने मौसमविदहरुको अनुमान छ । एजेन्सी

प्रतिक्रिया