विकास र समृद्धि भन्दा निर्वाचन प्राथमिकतामा

Khilraj-Regmiकाठमाडौं, ३० साउन । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अहिले राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने बताएका छन् ।
राजधानीमा आज (बुधबार) विश्व विद्यालय अनुदान आयोगद्वारा आयोजित गोष्ठिलाई सम्बोधन गर्दै रेग्मीले जनसहभागितामा संविधानसभा निर्वाचन गरिने दोहर्‍याए ।
‘वर्तमान सरकार स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ निर्माण भएको हो,’ उनले भनेका छन् ।
उनले विकास र समृद्धि भन्दा पनि सरकारको प्राथमिकता निर्वाचन रहेको बताए ।
निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिता कायम गर्न उनले क्रियाशील हुन आग्रह पनि गरे ।

प्रतिक्रिया