मनोरञ्जन क्षेत्रका ‘खम्बा’ले सन्यास लिए

Uddhab Poudel 1काठमाडौं, ३० साउन । नेपाली चलचित्र ‘कुसुमे रुमाल’का निर्माता समेत रहेका उद्धव पौडेलले चलचित्र निर्माण, प्रदर्शन र वितरणको पेशालाई परित्याग गरेका छन् ।
गोपीकृष्ण मुभिज् (प्रा)लि.का अध्यक्ष रहेका पौडेलले मंगलबार विज्ञप्ति जारी गरेर आफ्नो व्यावसायिक जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले अब आफू सामाजिक र राजनीतिक क्षेत्रमा लाग्ने जनाएका छन् ।
पौडेलले आफ्नी छोरी नीकिता पौडललाई गोपीकृष्ण मुभिज् (प्रा)लि., गोपीकृष्ण ईन्टरटेनमेन्ट (प्रा)लि. र नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको जिम्मेवारी दिएका छन् ।
पौडेल तत्कालीन विराटनगर नगरपञ्चायकको उप–प्रमुख समेत भएका थिए । उनले कुसुमे रुमाल, सम्झना, गोपीकृष्णलगायतका दर्जन बढी नेपाली चलचित्र निर्माण गरेका छन् ।
राजनीतिमा सक्रिय हुने जनाएका पौडेलले कुन दलमा प्रवेश गर्ने हुनु त्यो भने खुलाएका छैनन् । स्रोतका अनुसार पौडेल नेपाली कांग्रेसमा सक्रिय हुन सक्ने छन् । प्रजातान्त्रिक विचारधारका पौडेलले वीपी कोइरालालाई मन पराउँछन् ।
गोपीकृष्ण ईन्टरटेनमेन्ट (प्रा)लि.ले टिभी फिल्मी, गोपीकृष्ण एफ.एम.पनि सञ्चालन गर्दै आएको छ ।

Uddhab Poudel

प्रतिक्रिया