मेरो प्राण स्वदेशमै जाओस : पूर्व प्रधानमन्त्री

Marich_Man_Singh_Shresthaकाठमाडौं, ३० साउन । पूर्व प्रधानमन्त्री मरिचमान सिंहको स्वास्थ्यमा सुधार हुन नसके पछि मंगलबार राति स्वदेश ल्याईएको छ ।
सल्यान जिल्ला जन्मथलो भएका पूर्व प्रधानमन्त्री सिंह लामो समयदेखि फोक्सोको क्यान्सरबाट थलिएका थिए । भारतको राजधानी नयाँ दिल्लीमा उपचार गराई रहेका सिंहलाई राति स्वदेश ल्याईएको हो ।
सिंहको इच्छा अनुसार गम्भीर अवस्थामै उनलाई काठमाडौं ल्याईएको आफन्तले जनाए । पूर्वप्रधानमन्त्री सिंहले आफ्नै मातृभूमि नेपालमा प्राण त्याग गर्ने इच्छा जनाए पछि स्वदेशमै उपचार गर्ने गरी ल्याएको परिवारजनको भनाई छ ।
मंगलबार राति एयर एम्बुलेन्स मार्फत काठमाडौं ल्याईएका सिंहलाई थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार केन्द्रमा कृतिम लाईफ सर्पोट सिस्टममा उपचार भईरहेको चिकित्सकहरुले जनाएका छन् ।
सिंहलाई झण्डै एक महिनादेखि दिल्लीस्थित बेदान्त अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
पूर्वप्रधानमन्त्री सिंह पञ्चायतको अन्त्यतिर मुलुकको प्रधानमन्त्री भएका थिए । उनी इमानदार र राष्ट्रवादी नेताको रुपमा परिचित छन् ।
नेपाल सरकारले उनको उपचारमा आनाकानी गरे पछि आफन्त र विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया