चुनाव विथोल्न उट्पट्याङ् निर्देशन : नेपाल

Madhav-Nepalविराटनगर, २८ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादीले चुनाव विथाल्ने विभिन्न खालका उटपट्याङ निर्देशन दिने गरेको आरोप लगाएका छन् ।
विराटनगरमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले निर्वाचन क्षेत्रमा वाईसिएल परिचालन गर्ने भनेर एमाओवादीले जनतालाई डर देखाएको बताए । ‘एमाओवादी निर्वाचनबाट डराएको छ,’ उनले भने, ‘डराएकै कारण अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक निर्देशन दिँदै आएका छन् ।
उनले निर्वाचनको माहौल तयार गर्न समानुपातिक सिट संख्या थप्न सकिने बताए । असन्तुष्ट दलहरुले विभिन्न माग राखेर निर्वाचनलाई असर गर्नु भन्दा पनि निर्वाचन गराउन सहयोग गर्नुपर्ने नेपालको भनाई छ ।

प्रतिक्रिया