हामी एकताको वार्ता पनि गर्दैनौं : यादव

matrika yadavकाठमाडौं, २७ साउन । मातृकाप्रसाद यावद नेतृत्वको नेकपा (माओवादी)ले ३३ दलीय मोर्चाबाट बाहिरिएको छ ।
संयुक्त मोर्चाको सामान्य अवधारणा, नीति र विधि विपरित नेकपा–माओवादीले एकल निर्णय गर्दै वार्तामा जाने निर्णय गरेको आरोपसहित अध्यक्ष यादव मोर्चाबाट अलग भएका हुन् ।
केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आज (आइतबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘आजका मितिदेखि नेकपा–माओवादीसँग पार्टी एकताको छलफल पनि गर्दैनौं ।’
चार दलको सिण्डिकेटमा गरिने निर्वाचनले देशलाई निकास दिनुभन्दा पनि द्वन्द्व र भिडण्ततिर लैजाने यादवले बताए ।
नेकपा (माओवादी)ले चैत एक गते चार दलवीच भएको ११ बुँदे सहमतिका आधारमा राष्ट्रपतिको २५ बुँदे आदेश र रेग्मी सरकारको खारेजी, राष्ट्रिय आत्मनिर्णय अधिकार, पूर्ण समानुपातिक प्रतिनिधित्वलगायतका निर्णय पनि गरेको छ ।
मंसिर चार गतेको निर्वाचन देशलाई प्रतिगमनतिर लैजाने हतियार भएको भन्दै अध्यक्ष यादवले त्यसका विरुद्ध बहिस्कार आन्दोलनमा जुट्न निर्देशन दिए ।

प्रतिक्रिया