पृथक धारणा बोकेकालाई चुनावमा ल्याउनु पर्छ

Khilraj-Regmi'sकाठमाडौं, २७ साउन । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बिभिन्न आन्दोलनहरुबाट प्राप्त अधिकार रक्षाका लागि दोस्रो संविधानसभाको निर्वाचन अनिवार्य रहेको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघको पाँचौं अधिवेशनको आज (आइतबार) काठमाडौंमा उद्घाटन गर्दै रेग्मीले भने, ‘मुलुकमा भएका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि निर्वाचन अपरिहार्य भएको छ ।’
नेकपा–माओवादीले चुनावका सम्पूर्ण प्रक्रिया रोकेर निर्वाचन सार्ने लिखित प्रस्ताव गरिसकेको छ । माग पुरा नभए नेकपा–माओवादीले चुनाव विथाल्ने चेतावनी दिँदै आएको छ ।
उनले देशलाई सुहाउँदो संविधान जारी गरी गतिरोधलाई समाधान दिनुपर्ने बताए । ‘आगामी मंसिर–४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन सार्नु हुँदैन,’ उनले भने ।
संविधानसभा निर्वाचन प्रक्रियामा केही दलको पृथक धारणा रहेको भन्दै रेग्मीले उनीहरुलाई पनि सहमतिमा ल्याउन वार्ता र सम्वाद भईरहेको उल्लेख गरे ।

प्रतिक्रिया