पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध

oil pampaकाठमाडौं, २७ साउन । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको चौतर्फी विरोध भएको छ । विभिन्न संघ संस्थाले विज्ञप्ति जारी गरेर मूल्य बृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
नेपाल विद्यार्थी संघले मूल्य बृद्धिले सर्वसाधारण जनताको ढाड सेक्ने भन्दै निर्णय फिर्ता लिन सरकार र नेपाल आयल निगमसंग माग गरेको छ । प्रवक्ता युपी लामिछानेले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको निर्णय फिर्ता नभए सशक्त आन्दोलन र्ने चेतावनी दिए ।
निगमले आज (आइतबार)देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपियाँ बढाएर प्रतिलिटर १ सय २५ रुपियाँ पुर्‍याएको छ ।
डिजेल र मट्टीतेलमा १ रुपियाँ बढेर एकसय रुपियाँ पुगेको छ । हवाई इन्धन पनि प्रतिलिटर १० रुपियाँ बढेर १ सय ३० पुगेको छ ।
निगमले ८ महिनाअघि मूल्य समायोजन गर्दै पेट्रोलको भाउ १ सय २५ बाट घटाएर १ सय २३ रुपियाँ प्रतिलिटरमा झारेको थियो ।
त्यति बेला निगमले पेट्रोलको मूल्य १ सय २३ हुँदा १० रुपियाँ फाइदा रहेको बताएको थियो ।
निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले अहिले मूल्य बढाए पनि मासिक कुल घाटा १ अर्ब रुपियाँ रहेको बताए । उनले उपभोक्तालाई सकेसम्म कम भार होस् र निगमलाई पनि चलाउन अप्ठ्यारो नहोस् भनेर थोरै मूल्य मात्र बढाइएको दाबी गरे ।
निगमले खाना पकाउने ग्यासको भाउमा परिवर्तन गरेको छैन । हवाई इन्धनमा आन्तरिकका लागि १० रुपियाँ बढेको छ ।
अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीहरुले प्रतिकिलोलिटर १ हजार ३ सय डलर तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया