निर्वाचन विरोधी गतिविधि नगर्न आह्वान

NC n Umlकाठमाडौं, २७ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचन तोकिएकै समयमा गर्नका लागि कांग्रेस र एमालेका शीर्ष नेताहरुवीच वार्ता भएको छ ।
ललितपुरमा आज (आइतबार) भएको वार्तामा मंसिर चार गते संविधानसभा निर्वाचन गराउन राजनीतिक पहल गर्ने सहमित भएको छ । बैठक पछि नेताहरुले दिएको जानकारी अनुसार संविधानसभा निर्वाचन सार्न गरिएका प्रयास र विरोधमा हुने गतिविधि विरुद्ध एक भएर सामना गर्ने सहमति पनि भएको छ ।
मंसिर चार गतेको निर्वाचन सार्न र निर्वाचन सम्बन्धि सबै कार्यक्रम रोक्न नेकपा माओवादीले लिखित रुपमै प्रस्ताव गरे पछि कांग्रेस र एमालेले निर्वाचन विरोधी गतिविधि नगर्ने सहमति समेत गरेका छन् ।
उनीहरुले निर्वाचन विरोधी कुनै पनि कार्य नगर्न आह्वान गरेका छन् । उनीहरुले नेकपा माओवादीसहितका दलहरुले राखेका मागलाई सम्बोधन गर्न अधिकतम लचकताका साथ जाने सहमति गरेको नेताहरुको भनाई छ ।
वार्तामा कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, रामशरण महत तथा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया