३३ दलीय मोर्चालाई सरकारद्वारा पुन: पत्र

maobadi flagकाठमाडौं, २४ साउन । सरकारले पुन: नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई वार्ताका लागि पत्र पठाएको छ ।
मन्त्रिपरिषद्, परामर्श तथा समन्वय समितिका संयोजक एवं गृहमन्त्री माधवप्रसाद घिमिरेले आज (बिहीबार) पत्र पठाई वार्ताका लागि बोलाएका हुन् । सरकार र ३३ दलीय मोर्चावीच संविधानसभा निर्वाचन, आन्दोलनरत पक्षका मागलगायतका बारेमा छलफल हुँदै आएको छ ।
‘नेपाल सरकारले नेकपा–माओवादी र सो पार्टी समेत संलग्न रहेको मोर्चालाई वार्ता गर्नका लागि पत्र पठाई आमन्त्रण गरिएको छ,’ पत्रमा उल्लेख छ ।
पत्रमा दुबै पक्षको आपसी सहमतिमा वार्ताको मिति, समय र स्थान तोक्ने उल्लेख छ ।

प्रतिक्रिया