‘संसपा’द्वारा समानुपातिक सिट बढाउन प्रस्ताव

ashok-raiकाठमाडौं, २४ साउन । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी (संसपा)ले उच्चस्तरीय राजनीतिक समितिसँग समानुपातिक सिट संख्या बढाउन प्रस्ताव गरेको छ ।
राजनीतिक समिति र समाजवादी पार्टीवीच आज (बिहीबार) राजधानीमा भएको वार्तामा संविधानसभा समानुपातिक सिट संख्या पुरानै कायम गर्न प्रस्ताव गरेको हो ।
सो पार्टीले सर्वपक्षीय सरकार, ६ सय १ सिट संख्या, राजनीतिक समितिका निर्णय र २५ बुँदे बाधा अड्काउ खारेजलगायतका मागलाई दोहर्‍याएको छ ।
समाजवादी पार्टीले आफूले समिति समक्ष पेश गरेका छ बुँदे मागलाई पुरा गरे मात्रै मंसिर–४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनमा सहभागी हुने जनाएको नेताहरुले बताएका छन् ।
यसअघि, समितिले नेकपा–माओवादी नेतृत्व ३३ दलीय मोर्चा र उपेन्द्र यादव नेतृत्वको मोर्चासँग अलग–अलग वार्ता गरिसकेको छ ।
यसैवीच, समितिले शुक्रबार नेकपा–माओवादी, संघीय समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मोर्चासँग पुन: वार्ता गर्ने भएको छ । (फाईल तस्विर)

प्रतिक्रिया