समितिले मंगलबार तीन दलसँग वार्ता गर्ने

4-dal-ka-thulaकाठमाडौं, २१ साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चालगायतका अन्य दुई दलसँग वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।
समितिको आज (सोमबार) काठमाडौंमा बसेको बैठकले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चा, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको हो ।
मंगलबार हुने वार्तामा संविधानसभाको दोस्रो निर्वाचन र राजनीतिक विषयहरुमा छलफल हुने नेताहरुले जनाएका छन् । समितिले वार्ताका लागि उनीहरुलाई लिखित पत्र पठाई सकेको छ ।
समितिको निर्णय अनुसार मंगलबार विहान बिहान ११ बजे उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग वार्ता हुने छ । दिउँसो १ बजे नै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग वार्ता हुने छ ।

प्रतिक्रिया