सरकारको कार्यशैली प्रभावहीन : थापा

Kamal-Thapaसप्तरी, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचनप्रति वर्तमान सरकारको कार्यशैली प्रभावहीन भएको बताएका छन् ।
सप्तरीमा आज (शनिबार) पत्रकारसंग कुरागर्दै उनले राजनीतिक अन्यौलतालाई हटाउन चुनाव गराउनु पर्ने दोहराए । उनले भने, ‘सरकारको कार्यशैली प्रभावहीन भएकाले चुनाव हुनेमा आशंका बढेको छ ।’
थापाले चुनावका लागि चार दलीय समिति मूख्य तगारो बनिरहेको आरोप लगाए । उनले सार्थक निर्वाचनका लागि सवै दलको समान सहभागितामा सर्वदलीय वैठक वा गोलमेच सम्मेलन हुनुपर्ने माग गरे ।
मुलुकमा राजासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र अपरिहार्य रहेको अध्यक्ष थापाले जनाए । उनले राजतन्त्रलाई पाखा लगाउने काम दोस्रो जनआन्दोलनको सम्झौता विपरित भएको बताए ।

प्रतिक्रिया