वाईसियलद्वारा एम्बुलेन्समा आक्रमण

yclचितवन, १७ साउन । नेपाल टेलिकमको कार्यालयमा ढुङ्गा प्रहार गरी आक्रमण गर्ने एकीकृत माओवादीको सहायक संगठन वाईसियलका १५ कार्यकर्तालाई प्रहरीले चितवनमा पक्राउ गरेको छ ।
रत्ननगर नगरपालिका–८ स्थित दुरसंचार कार्यालयमा आज (बिहीबार) साढे एघार बजे वाईसियलका कार्यकर्ताले ढुङ्गा प्रहार गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट टेलिकमका झ्यालका सिसा र टेबुलका सिसा फुटेका छन् ।
तोडफोड कार्यमा संलग्न वाईसियलका कार्यकर्ता शक्तिखोर–४ बस्ने हरिबहादुर गुरुङसहित १५ जनालाई प्रहरीले प्रक्राउ गरेको हो । वाईसिलले प्रयोग गरेका ना.१४ प ८०८५, ना.२४ प ११४६, ना.२३ प ७८७९ र ना.१४ प ५५१४ नम्वरका मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
वाईसियलका कार्यकर्ताले भरतपुर नगरपालिका–१०, पारस वसपार्क चोकमा एम्वुलेन्समा पनि आक्रमण गरेका छन् । आक्रमणबाट सिसा फुटेका छन् । बिरामी लिएर जिल्ला अस्पतालतर्फ जाँदै गरेको बा.२ च ४४८८ नम्वरको एम्बुलेन्समा वाईसियलले आक्रमण गरेर क्षति पुर्‍याएका हुन् ।
त्यसै गरी, वाईसियलका कार्यकर्ताले सुनौलीबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ७७/३९७९ नम्वरको भारतीय प्लेटको जीपमा पनि ढुङ्गा प्रहार गरेका छन् । जीपको अगाडिको सिसा फुटेका छन् ।

प्रतिक्रिया