आवश्यक परे जनमत संग्रह : नेपाल

chitra bahadur kcकाठमाडौं, १७ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आवश्य परे विवादित विषयमा जनमत संग्रहमा जानुपर्ने बताएका छन् ।
राजधानीमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेता नेपालले आगामी निर्वाचन पछि एकबर्ष भित्र नयाँ संविधान जारी गर्न नसकिए जनमत संग्रहमा जानुपर्ने बताए । ‘निर्वाचन भएको एकबर्ष भित्र नयाँ संविधान जारी गर्नु पर्छ,’ उनले भने, ‘यदि संविधान बनाउने क्रममा ठूला विवाद भए जनमत संग्रहबाट टुङगो लगाउनु पर्छ ।’
उनले निर्वाचन भाँडिए चैतमा पनि चुनाव हुन नसक्ने बताए । ‘निर्वाचत तोकिएको समयमा नभए मुलुक ठूलो दुर्घटनामा फस्छ,’ नेता नेपालले भने ।
एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले मंसिर–४ गतेको निर्वाचन राष्ट्र बचाउनका लागि पनि रोक्न नहुँने बताए । उनले भने, ‘संविधानसभा निर्वाचन हुन नसके मुलुक दुर्घटनामा जान्छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मधेसवादी दलहरुले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बढाउन खोजेर निर्वाचन भाँड्न लागेको आरोप लगाए । उनले भने, ‘एक मधेश–प्रदेश भन्ने अडान नै समस्याको जड भईरहेका बेला संख्यामा विवाद गर्दै छन् ।’

प्रतिक्रिया