छोरी छाडेर आमा कर्णाली नदीमा बेपत्ता

Karnali Riverधनगढी, १५ साउन । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा नबालिका छोरी छाडेर एकमहिला नदीमा हामफालेर बेपत्ता भएकी छन् ।
गेटा–६, बसन्तपुरकी २४ वर्षीया देवीकला सापकोटा आज (मंगलबार) कर्णालीमा हामफालेकी हुन् । उनले नदीमा हामफालेर ज्यान दिनुको कारण खुल्न सकेको छैन ।
सापकोटाले दुई वर्षकी छोरी, मोबाइल र साथमा भएको पर्स नदी किनारामा छोडेर हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
बेपत्ता भएकी महिलाको शव फेला पर्न सकेको छैन । उद्दारका लागि प्रहरीले सापकोटाको खोजतलास जारी राखेको प्रहरी निरीक्षक हेम शाहीले जानकारी दिए ।
बेपत्ता महिलाका आफन्तका बारेमा खोजबिन भईरहेको निरीक्षक शाहीले बताए ।
नदी किनारमा रहेकी सापकोटाकी नाबालिका छोरीलाई प्रहरीले उद्दार गरेर आफूसँगै राखेको छ । आमा खोलामा हामफालेर बेपत्ता भएपछि नाबालिका छोरी आमा खोजेर रोइरहेकी थिईन् । (फाईल तस्विर)

प्रतिक्रिया