बस दुर्घटनामा दुईको मृत्यू/६ जना घाईते

dangदाङ, १३ साउन । दाङ जिल्लाको देउखुरी उपत्यकामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । दुर्घटनामा ६ यात्रु घाईते भएका छन् ।
काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको ना ४ ख ३९१ नम्बरको बस पूर्वपश्चिम महेन्द्र राजमार्गको लमही–अमिलिया सडक खण्डको च्याउखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडकमा रोकीराखेको लु १ ख ६४६९ नम्बरको ट्रकमा ठोक्किँदा तिव्रगतिमा रहेको बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर मृत्यू हुनेमा कैलाली प्रतापपुर–४ की बालिका अल्का चौधरी र बसका सह–चालकको मृत्यू भएको छ । चौधरीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यू भएको थियो । सहचालकको भने बाटोमा मृत्यू भएको प्रहरी भनाई छ ।
घाईते ६ जना मध्य बर्दिया बेलुवा–४ का मीनबहादुर बुढामगर र कैलालीकी सावित्रा आचार्यको अवस्था गम्भीर छ । घाईते ४ यात्रुको अवस्था भने सामान्य छ । घाईतेहरुको कोहलपुरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया