चितवनमा मैकको उत्पादनमा वृद्धि

makaiचितवन, १२ साउन । चितवनमा गतबर्ष तुलनामा यस बर्ष मकैको उत्पादनमा वृद्धि भएको छ ।
आर्थिक बर्ष २०६८/०६९ को तुलनामा २०६९/०७० मा मौसम राम्रो भएका कारण मकैको उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । गत बर्ष ९८ हजार १ सय २० मेट्रिक टन मकै उत्पादन भएकामा यस बर्ष बृद्धि भएर ९९ सय हजार ९ सय ६० मेट्रिक टन मकै उत्पादन भएको वाली विकास अधिकृत दीपक भट्टराईले जानकारी दिए ।
‘विगतका बर्षहरुमा मौसमले साथ नदिएर पानी अभावका कारण मकै उत्पादनमा समस्या थियो,’ गुञ्जनगरका पूर्णप्रसाद पौडेलले भने, ‘यो बर्ष समयमै मौसम राम्रो भएको र पानी परेकाले उत्पादन वृद्धि भएको छ ।’
चितवनमा २९ हजार ४ सय हेक्टरमा मकै खेती लगाईन्छ । जसमा ९ हजार ८ सय हेक्टरमा बषमा, ५ हजार हेक्टरमा हिउदे र १४ हजार ६ सय हेक्टरमा बसन्ते मकैको खेती गरिने कार्यलयले जनाएको छ ।
चितवनमा प्राय रामपुर कमपोजिट, अरुण २, तथा हाइब्रिड जातका मकैहरु खेती गरिन्छ । अभियानमुखी मकै तथा भट्टमास उत्पादन कार्यक्रम प्रभावकारी भएको कार्यलयको दावी छ ।
२०६४ सालबाट चितवनमा संचालन गरिएको सो अभियान पछिल्लो समय प्रभावकारी बन्दै गएको हो । मकै उत्पादनमा बृद्धि गरी नयाँ जातका मकैलाई प्रतिस्थापन गर्नका लागि यो अभियान संचालन गरिएको अधिकृत भट्टराईले जानकारी दिए ।
जिल्लाको ग्रामिण भेग माडीसहित पूर्वी चितवनको रत्ननगर, बछौली, खैरहनी र पश्चिम चितवनको रामपुर, गुञ्जानगर, शारदानगर, चनौलीलगायतका क्षेत्रको ५ सय हेक्टरमा अभियान संचालन गरिएको छ ।
सो क्षेत्रमा संचालन गरिएको करीब ५ सय हेक्टर क्षेत्रफलबाट ४ हजार मेट्रिकटन मकै उत्पादन भएको कार्यलयको तथ्याङकमा उल्लेख छ ।

प्रतिक्रिया