पानी घट्ट भत्कँदा दुई बालिकाको मृत्यू

jajarkotजाजरकोट, १२ साउन । जाजरकोट जिल्लामा पानी घट्ट भत्किँदा दुई बालिकाको मृत्यू भएको छ भने दुई महिला घाईते भएका छन् ।
पानी घट्टमा मकै पिस्न गएका उनीहरु शुक्रबार विहान साढे चार बजे घट्ट भत्किएर च्यापिँएका हुन् । घट्टमा दुई बालिका र दुई महिला सुतेका थिए ।
मृत्यू हुनेमा भगवती–५ निवासी १४ बर्षीया बालिका गीता बस्नेत र १० बर्षीया गोपाली बस्नेत रहेको प्रहरीले जनाएको छ ।
भगवती–१ की ४५ बर्षीया पानसरी बस्नेत र ४० बर्षीया कमला खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ ।
भगवती–२ स्थित सिमखोली खोलामा रहेको वीरबहादुर बस्नेत र दल बहादुर बस्नेतले सञ्चालन गरेको पानी घट्ट अविरल बर्ष पछि आएको खोलाले भत्काएको हो । घट्टमा सुती रहेका उनीहरुलाई घट्टले च्यापेको प्रहरी भनाई छ ।
घटनाका बारेमा प्रहरीले विहान साढे दश बजे पाएको थियो । खबर पाउना साथ उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय रग्दाबाट टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालबाट ३ कोष उत्तर र जिल्ला प्रहरी कार्यालयबाट २७ कोश उत्तर रहेको छ ।
यता, बझाङ जिल्लाको लेकगाउ–१ मा पहिरोले पुरिएर एक बृद्धाको मृत्यू भएको छ । मृत्यू हुनेमा ६५ बर्षीया पितडी बुढा रहेको प्रहरी भनाई छ । बिहीबार थारपसना जंगलमा बाख्रा चराउन गएका बेला माथिबाट पहिरो झरेर पुरिँदा उनको घटनास्थलमै मृत्यू भएको थियो ।
उता, गुल्मी र कैलाली जिल्लामा दुई जना खोलाले बगाएर बेपत्ता भएका छन् । गुल्मीको तुरंग–१ बस्ने ४८ बर्षीय शेरबहादुर घर्तीलाई बिहीबार हुग्दी खोलाले बगाएर बेपत्ता बनाएको हो ।
कैलालीको धनगढी नगरपालिका–१ का १६ बर्षीय राजु चौधरीलाई पनि खोलाले बगाएको छ । स्थानीय खोलामा दाउरा संकलन गर्ने क्रममा राजुलाई बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया