सहकारीलाई थोरै रकम भयो : सचिव

काठमाडौं । सहकारी क्षेत्रका सरोकारवालाले सहकारी मन्त्रालयमा अत्यन्तै कम बजेट बिनियोजन भएको भन्दै सहकारीको विकासमा बाधा पार्ने बताएका छन् ।
उनीहरुले सहकारीलाई तीनखम्बे नीतिमा समाबेश गराएपनि बजेटको आकार अत्यन्तै कम रहेको बताए । मिडिया इन्टरनेसनलले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहकारी मन्त्रालयका सचिव लालमणि जोशीले नीतिगत अन्यौलताले गर्दा सहकारी मन्त्रालयको बजेट समस्यामा परेको बताए ।
उनले देशलाई ग्रामिण अर्थतन्त्रको विकासमा सहकारी क्षेत्रको महत्व धेरै भएको बताए ।
सहकारी संस्थाको संख्या झण्डै २७ हजार भएपनि आधा सहकारी दर्ता मात्रै भएका छन् । सहकारी मन्त्रालयको नाममा देखिएको ९५ करोड बजेट विभिन्न निकाय मार्फत आउने छ ।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीमा बजेट कम विनियोजन गरिएकोमा दु:ख व्यक्त गरे ।

प्रतिक्रिया