भट्टराई, श्रेष्ठ र बोगटी पदाधिकारी बिहिन

Puspakamal-Dahalकाठमाडौं, ६ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक र सांगठनिक प्रतिवेदन एकमतले पारित भएको छ ।
प्रतिवेदन पारित भएलगत्तै एमाओवादी पार्टी पदाधिकारी बिहिन हुन पुगेको छ । ललितपुरको खन्ना गार्मेन्टमा तीन दिनसम्म चलेको केन्द्रीय समितिको विस्तारित बैठकले दाहालको प्रतिवेदनलाई पारित गरेको हो ।
प्रतिवेदन पारित भएलगत्तै दुई उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटी केन्द्रीय सदस्यमा झरेका छन् । दाहालले पूर्व पदाधिकारीलाई राखेर सचिवलय गठन गर्ने छन् ।
पदाधिकारी नियुक्तिको विषयलाई लिएर विवाद श्रृजना भए पछि बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा मिलाउन अध्यक्ष दाहालले विस्तारित बैठक बोलाएका हुन् ।
प्रस्ताव पारित हुनुअघि अध्यक्ष दाहालले आफ्नो प्रस्तावलाई पारित गरेर सहयोग गर्न बैठकसँग आग्रह गरेका थिए । उनले समय सन्दर्भ नमिले पनि बाबुराम भट्टराईको पदत्यागले पार्टी निर्माणमा सकारात्मक योगदान पुर्‍याएको बताए ।
‘अब एकीकृत माओवादी नयाँ पार्टी बन्यो,’ दाहाललाई उदृत गर्दै एकसहभागीले भने, ‘एकमहिनको निर्वाचनको अभियानमा चुनाव केन्द्रित भएर ‘गाउँफर्क’ अभियानमा लाग्नु पर्छ ।’
एमाओवादीको विस्तारित बैठकमा झण्डै ५ सय अगुवा नेताको सहभागिता रहेको छ ।

प्रतिक्रिया