यातायातको सिन्डीकेट हटाउन माग

buspark-gangabuकाठमाडौं, ६ साउन । नेपाल राष्ट्रिय यातायात ब्यवसायी सर्वोच्च महासंघले सिन्डीकेट प्रथाले गर्दा आफूहरुलाई व्यवसाय गर्न असहज भएको जनाएको छ ।
महासंघले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर यातायता क्षेत्रमा सिन्डीकेट प्रथा अन्त्य गर्न सरकारसँग माग गरेको हो । महासंघका अध्यक्ष विष्णु शिवाकोटीले सर्वोच्च अदालत र सरकारले सिन्डीकेट खारेज गरेपनि आफूहरुले बस सञ्चालनका लागि रोड परमिट नपाएको बताए ।
उनले यातायात क्षेत्रमा अझै सिन्डीकेट चलिरहेको बताए । ‘सिन्डीकेट अन्त्य नहुँदा सम्म स्वच्छ प्रतिस्पर्धामा ब्यवाय गर्न सकिँदैन,’ उनले भने ।
नौ महिनाअघि ल्याएको आफूहरुका ५८ वटा अत्याधुनिक बसले जाँचपास गरेको ६ महिना बित्दा पनि रोडपरमिट नपाएको उनले बताए ।
सिवाकोटीले यातायात अञ्चाल कार्यलयका प्रमुख सिन्डीकेट गर्न चाहानेहरुको आर्थिक लेनदेनमा लागेको बताए । ‘गण्डकी अञ्चल यातायात कार्यलयका प्रमुख सुनिल खनालले ठूलो रकम लिएर रुट प्रमिट दिन मानेका छैनन्,’ सिवाकोटीले भने ।
महासचिव प्रकाश बस्नेतले बैशाख–३१ गते सम्पन्न गण्डकी अञ्चल यातायात ब्यवस्थापन समितिले गरेको निर्णय अनुसार पोखरामा युरो–३ का ३० सिटमाथिका बसलाई बाटो इजाजत पत्र दिने सहमति भई सकेको दावी गरे । उनले सरकारले ३ दिनभित्र आफूहरुका समस्या समाधान नगरे उपत्यका र नेपाल बन्दसम्मका कार्यक्रम राख्ने बताए । (फाईल तस्विर)

प्रतिक्रिया