प्रहरीलाई कार्यालय प्रवेशमा रोक्ने प्रयास

Pooja-Bhatt-Photosमुम्बई । अभिनेत्री एवं निर्देशक पूजा भट्टले प्रहरीले आफूहरुलाई अभद्र शब्द प्रयोग गरेको आरोप लगाएकी छन् ।
प्रहरीको अपशब्द बिरुद्ध पूजाले जोडदार रुपमा प्रतिवाद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एकफिल्मको शूटिङगका बेला पूजाका शूटिङग स्टाफ र स्थानीय पुलिस अधिकारीबीच झडप भएको थियो ।
पुलिस अधिकारीहरुलाई पूजा भट्टको शूटिङग स्टाफहरुले कार्यालयमा जाने क्रममा रोकेपछि झडप भएको हो । सो स्थानमा पूजा भट्टले शूटिङगको अनुमति लिए पनि कार्यालयमा जानबाट प्रहरीलाई रोक्न नमिल्ने प्रहरीको भनाई छ ।
भोपालपुराका एसएचओ ज्ञानेन्द्र सिंहले उदयपुर कलेक्ट्रेट परिसरमा पूजा भट्टको फिल्म ‘बैड’ को शूटिङग चलिरहेको थियो । उदयपुरका एसपी हरिप्रसाद शर्माको कार्यालय सोही स्थानमा रहेको छ । सोही कार्यालयमा प्रवेश गर्न पूजा भट्टले प्रहरीलाई नै नदिए पछि शुटिङका स्टाफले प्रहरी माथि जाईलागेको जनाइएको छ ।
फिल्मको शूटिङगका बेला परिसरमा पूरै बन्द गरिएको थियो । सोही क्रममा एसपी काम परेर आफ्नो कार्यालयमा जाने क्रममा शूटिङग स्टाफले प्रहरी अधिकारीलाई नै रोकेका थिए ।

प्रतिक्रिया