पहिरोबाट बच्न दैलेखका ‘प्रजिअ’ले फोटो खिचे

Pahiro Dailekhaदैलेख, ५ साउन । लगातार आएको बर्षा पछि दैलेखको ५७ घरधुरी रहेको एकगाउँ जोखिममा परेको छ । पूर्वमा रहेको जगनाथ–५ को बुङची गाउँ पहिरोको जोखिममा रहेको हो ।
मध्यपहाडी राजमार्गका कारण पहिरो गएपछि स्थानीय चिन्तामा परेका छन् । राजमार्गमा ग्याविन, वाल र होम पाईपको ब्यबस्था नरहेको स्थानीयको भनाई छ । ‘स्काभेटरले खनेको ठाउँमा पैरो गएको छ,’ स्थनीयहरुको भनाई छ ।
गतवर्ष पहिरोका कारण दुईघर विस्थापित भएका थिए । पहिरोका कारण २८ घरहरु जोखिममा रहेका छन् । चारघर विस्थापित भएका छन् । एकसय रोपनी जग्गा पहिरोले कटान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) होमनाथ थपलियाले निवेदन पाउना साथ फोटा खिचेर ल्याई गृहमन्त्रालयसँग सहयोग माग गरेको बताए । उनले छिट्टै राहत आउने विश्वास गरे ।
‘पहिरोले गाउँ पुरिन लागेको थाहा पाएपछि प्रशासनका कर्मचारी पठाएर फोटो खिचेर गृहमन्त्रालयमा पठाएको छु,’ उनले भने, ‘उताबाट सहयोग आए पछि बाँड्छु ।’
जगनाथ–५ का वीरबहादुर शाही ४ जनाको घरपरिवार असार देखि टोपबहादुर शाहीको घरमा बसिरहेका छन । राधीका उपाध्यायको परिवारपनि टोपबहादुर शाहीकै घरमा बसिरहेका छन् ।
अम्बरबहादुर तिरुवाको ८ जनाको परिवार शेरबहादुर थापाको घरमा बसेका छन् । भक्तबहादुर शाहीको नौं जनाको परिवार जंगलमा पाल हालेर बसिरहेको स्थानीय रामबहादुर शाहीले बताए ।
शेरबहादुर थापा, भक्तबहादुर थापा, प्रेमबहादुर थापा, नन्दाबहादुर थापा, टोपबहादुर शाही, वीरबहादुर तिरुवा, तिलक शाही, कलम शाही, बलबहादुर शाही, लोगबहादुर शाही, पृथ्वी शाही, वीरेन्द्र हमाल, वीरमा शाही, राजेन्द्र शाही, लोकेन्द्र शाही, रामबहादुर शाही, दानबहादुर शाही, गणेश शाही, गोरे तिरुवा, जगत तिरुवा र भीम तिरुवालगायतका २८ घरधुरी पहिरोको जोखिममा छन् ।
जिल्ला प्रसाशन कार्यालयमा निवेदन दिँदा पनि सुनुवाई भएको छैन । जिल्ला रेडक्रसले कम्बल र १७ वटा त्रिपाल दिए पनि हालसम्म सम्बन्धित निकायले चासो देखाएको छैन ।

प्रतिक्रिया