मायाँमा धोका पाउने वित्तिकै ज्यान दिने धेरै

Hatya 2देउखुरी, ३१ असार । दाङको देउखुरी उपत्यकामा विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाउनेको संख्यामा बृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
एकवर्षको अवधिमा देउखुरी उपत्यकामा झुण्डिएर तथा विष सेवन गरेर ज्यान गुमानेको संख्या २२ पुगेको छ । सानातिना घटना जस्तै घरायसी विवाद र मायाँ प्रेममा धोक पाएको भन्दै आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि भएको प्रहरीले जनाएको छ ।
यस वर्ष झुण्डिएर १२ र विष सेवन गरी १० जनाले ज्यान गुमाएका छन् । वडा प्रहरी कार्यालय लमहीले आज (सोमबार) पत्रकार सम्मेलन गरी वर्षभरि भएगरेका गतिविधिका वारेमा जानकारी गराएको हो ।
‘सानातिना घटनामा पनि आफ्नो ज्यान लिनेको संख्या वढेको छ,’ वडा प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपालले भने, ‘मानिसमा परामर्शको अभावमा यस्तो घटना वढि देखिएको छ ।’
एकवर्षको अवधिमा विभिन्न घटनामापरि ५४ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनमा एकवर्षको अवधिमा १७ जनाले ज्यान गुमाएका छन् । २३ जना घाईते भएका छन् ।
प्रहरीम सवारी साधन ज्यान सम्वन्धि १५ वटा मुद्दा दर्ता भएका छन् । भवितब्यमा १३ जनाले ज्यान गुमाएका हुन् । कर्तब्य ज्यानमा दुई महिलाको मृत्यू भएको छ ।
यसैगरी यस वर्ष लागूऔषध व्राउन सुगर सम्वन्धि एकवटा मुद्दा दर्ता भएको छ । ज्यान मार्ने मुद्दा एक र सार्वजनिक अपारध मुद्दा दर्ता भएका छन् ।
यस वर्ष विभिन्न खाले विषयमा ४३ वटा मुद्दा दर्ता गरिएका छन् । लमही क्षेत्रबाट एकवर्षको अवधिमा ट्राफिक नियम विपरित सञ्चालित सवारी साधनबाट १५ लाख २९ हजार तीनसय ५० रुपियाँ राजश्व संकलन भएको छ । जस मध्य दश हजार सातसय ९० वटा सवारी कारवाहीमा परेका छन् ।
हत्याराको खोजी जारी
असार–२५ गते आफ्नी श्रीमती प्रिती जैसवालको हत्या गरी फरार भएका चैलाही–२, लमही निवासी प्रदीप जैसवालको प्रहरी खोजी कार्य जारी राखेको जनाएको छ ।
प्रदीप जैसवाल विरुद्ध कतब्र्य ज्यान सम्वन्धि मुद्दा चलाइएको र उनको खोजी कार्य जारी राखीएको नेपालले जानकारी दिए ।

प्रतिक्रिया