अभिनेत्री पेसिर हिल्टन पक्राउ

parishलस एन्जलस । हिल्टन होटलकी मालिक तथा चर्चित अभिनेत्री पेसिर हिल्टन पक्राउ परेकी छन् । उनी वेवर्ली हिल्स इलाकामा अत्याधिकगतिमा सवारी साधन चलाएको आरोपमा पक्राउ परेकी हुन् ।
प्रतिघण्टा ४० किलोमिटरको रफ्तार रहेको क्षेत्रमा ६८ प्रतिघण्टा रफ्तारमा गाडी चलाएका कारण पक्राउ गरिएको समाचार एजेन्सीले जनाएको छ ।
पक्राउ परेकी हिल्टनलाई चेतावनीसहित ट्राफिक टिकट दिएर छोडिएको छ । हिल्टन अचेल आफ्नो संगीतकरियार शुरु गर्ने तयारीमा लागेकी छन् ।

प्रतिक्रिया